Category Archives: taradevi

दिलमा हजुर आएर|dil ma hajur ayera |karaoke|

Music: Shiva Shankar
Singer: Tara Devi
Lyric: Ram Man ‘Trishit’

दिलमा हजुर आएर, मात्रै मलाई था’ भो
मेरो पनि जवानी, आई सकेको रैछ

मैलाई थाहा थिएन, मेरो यो हेराइले
मोहनी लाग्छ अरुलाई, मेरो कुरा गराइले
हजुरै नगिच भएर, मात्रै मलाई था’ भो
भर्खरको जस्तो बचपन, बिती सकेको रैछ

पैले म अहिले जस्तै, मुस्काउन जान्दिन थें
अरुले मलाई हेर्दा, शर्माउन जान्दिन थें
माया हजुरको पाएर, मात्रै मलाई था’ भो
मेरो पुरानो बानी, बदलि सकेको रैछ